कोन्टिन्हो बेच्न लिभरपुल तयार, बार्सिलोनाले ठुलो मुल्य चुकाउनुपर्ने !

१८,मंगलवार ०२:२२   Sangita Rai

एजेन्सी, १८ पुस । लिभरपुल आफ्ना स्टार मिडफिल्डर बेच्न तयार भएको छ । तर उसले निकै ठुल्य मुल्यु चुकाउनेलाई मात्र कोन्टिन्हो बेच्ने भएको छ ।

२५ वर्षे ब्राजिलियन मिडफिल्डर कोन्टिन्होका लागि एक सय ६० मिलियन पाउण्ड भन्दा बढी रकम दिएर बार्सिलोनालाई बेच्न कुनै आपत्ति नरहेको लिभरपुलको भनाई छ ।

एक स्पेनिस पत्रिकाका अनुसार बार्सिलोना यसका लागि तयार छ । कतिसम्म भइसकेको छ भने जर्सी र बुट बनाउने नाइक कम्पनीले कोन्टिन्होका लागि बार्सिलोनाको जर्सी र बुट तयार पारिसकेको छ ।

यसकारण पनि लिभरपुल आफ्ना स्टार मिडफिल्डरलाई चर्को मुल्यमा बेच्ने निष्कर्षमा पुगेको हो ।