पेट्रोलियम पदार्थको मूल्य : ग्यासको २५ र हवाई इन्धन ३ रुपैयाँले बढ्यो !

१७,सोमबार १७:२२   Sangita Rai

काठमाडौँ, १७ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । मुल्य सोमबार रातीदेखि लागु हुने छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर र २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ७९÷७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ ।

भारतीय आयल निगमले सोमबार नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।