लोकदोहोरी गायीका अनिता चलाउनेको बैस ढली जाला सार्वजनिक

२७,बुधबार १२:५३   Sangita Rai

काठमाडौ,२७ मंसिर । लोकदोहोरी गायनको क्षेत्रमा सुमधुर स्वरकी धनी तथा सुन्दरताकी पनि खानी अनिता चलाउने नत्र ओइ कान्छा बैस ढली जाला गितको भिडियो सार्वजनि भएको छ । उनले अर्का चर्चित गायक राम जि खाडसंगको सहकार्यमा गीत सार्बजनिक गरेकी हुन् ।
‘बैँस ढली जाला’ डान्सिङ बिटको गीतमा र्याप पनि समाबेश गरेर आधुनिक शैलिमा तयार पारिएको गीत गायक रामजीकै संगीत रहेको गायीका चलाउनेले बताइन ।

सार्बजनिक भिडियोको गीतमा चर्चित रचनाकार एक नारायण भण्डारीको शब्द राखिएको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोलाई गायिका आफैले आफ्नो नामको युट्युब च्यानलबाट सार्बजनिक गरेकी छिन् ।

भिडियोमा लोक गायन तथा मोडलिङकी हट तथा चर्चित ज्योती मगरलाई देख्न सकिन्छ भने उनलाई सन्तोष मगरले मोडलिङमा साथ दिएका छन् । भिडियोलाई बिष्णु शर्माले छायांकन तथा सम्पादन गरेका हुन् ।