भोजपुरमा समानुपातिक तर्फ एमालेको अग्रता, ९ हजार १५ मत बदर

२६,मंगलवार १०:०४   Sangita Rai

भोजपुर, २६ मंसिर । भोजपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।

प्रत्यक्ष तर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७ सय १० र माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९ सय ८ मत खसे पनि ९ हजार १५ मत बदर भएको थियो।

प्रदेशसभा (क) मा एमालेले १२ हजार १ सय ९१, काँग्रेसले ७ हजार ९ सय ६० मत र माओवादी केन्द्रले ४ हजार ९ सय ३७ मत ल्याएको छ । प्रदेशसभा (ख) मा भने एमालेले ११ हजार ३ सय ३१, काँग्रेसले ५ हजार ५ सय ४४ र माओवादी केन्द्रले ६ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए । रासस