कास्कीमा सुन्तला उत्पादन पाँच प्रतिशतले घट्यो

२६,मंगलवार ०७:१०   Sangita Rai

पोखरा, २६ मंसिर । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए ।

गत वर्ष ६ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष ६ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको छ । जिल्लामा एक हजार ३ सय ५० हेक्टर क्षेत्र सुन्तला उत्पादनशील भए पनि ७ सय ८० हेक्टरमा मात्रै सुन्तला खेती गरिएको छ ।

यस वर्ष सुन्तला प्रतिकिलो ५५ का दरले बिक्री भइरहेको छ । किसानले करिब तीन करोड ५० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।जिल्लाका कृस्तिनाच्नेचौर, निर्मलपोखरी, पुम्दीभुम्दी, भरतपोखरी, थुम्की र सल्यानमा सुन्तला उत्पादन पर्याप्त मात्रामा हुने गर्दछ । रासस