तराईका २२ जिल्ला नै मधेश प्रदेश बनाउने अध्यक्ष यादवको दाबी

२१,बिहीबार १०:३४   Sangita Rai

सप्तरी, २१ मंसिर । सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् ।

सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेको बताए । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरेको हो ।

मतदानपश्चात् उनले मधेशीको हक र अधिकारका लागि मधेशी गठबनधन भएकाले मधेशी जनताले गठबन्धनलाई नै विजयी गराउनुपर्ने बताए । उनले मधेशीको अधिकारको विकल्पमा मधेशी गठबन्धन नै रहेकाले तराई २२ जिल्लालाई नै मधेश प्रदेश बनाउने दाबी गरे । रासस