बाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप

२१,बिहीबार ०९:५७   Sangita Rai

अछाम, २१ मंसिर । अछामको साँफेबगर नगरपालिकास्थित राष्ट्रिय माविमा रहेको मतदान केन्द्रमा बाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको छ । मतदान भइरहेका बेला हुल बाँधेर गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

बुथ कब्जा गर्न खोजेको कुरा थाहा पाएपछि कांग्रेस कार्यकर्ताले पनि नाराबाजी गर्दै बिरोध जनाएपछि तनाव पैदा भएको थियो । मतदान केन्द्रलाई सुरक्षित गर्न नेपाली सेनालाई परिचालन गरिएको प्रहरीले जनाएको छ ।