१ सय २ वर्षीय वृद्धबाट मतदान, शान्तिपूर्ण तवरमा मतदान हुदैँ

२१,बिहीबार ०७:१९   Sangita Rai

पोखरा, २१ मंसिर । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १ सय २ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गरेको छ ।

त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गरेको छ । कास्कीका ३ सय १७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।