पाल्पामा मतदान गरेर फर्कदै गरेका ८० वर्षीय वृद्धको मृत्यु

२१,बिहीबार ०७:०४   Sangita Rai

पाल्पा, २१ मंसिर । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेको थियो । मतदान गरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो । रासस