४५ वटा जिल्लामै शान्तीपूर्ण मतदान, अहिलेसम्म २५ प्रतिशत मत खस्यो

२१,बिहीबार ०५:३९   Sangita Rai

काठमाडौँ, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान शुरु भएको हो ।

निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन् । प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा बिहिबार मतदान भइरहेको छ ।

अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ । रासस