५० ओभरमा ६ विकेट गुमाएका नेपालले युएइलाई दियो २ सय २२ रनको चुनौती

२०,बुधबार १०:४६   Sangita Rai

काठमाडौँ, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले युएइलाई २ सय २२ रनको लक्ष्य दिएको छ । युएईको अबुधावीमा टस हारेर व्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको हो । नेपालका लागि शरद भेषवाकरले अविजित ८१ रनको योगदान दिए ।

यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०/२०, दिलिप नाथले १६ तथा बसन्त रेग्मीले अविजित २० रनको योगदान दिए । २ सय २२ रनको लक्ष्य लिएर घरेलु टोली युएईले अहिले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।

च्याम्पियनसिपको शिर्ष ४ टीममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टीमले बुधबारको खेललाई डिभिजन टूको तयारीका लागि महत्वपुर्ण हुने बताएका छन् ।