प्रियंका चोपरापछि हरियाणाकी मानुषी चिल्लरले जितिन विश्व सुन्दरीको ताज !

२,शनिबार १५:५९   Sangita Rai

एजेन्सी, २ असोज । यस बर्षको विश्व सुन्दरीको उपाधि भारतकी मानुषी चिल्लरले हात पारेकी छन् । भारत हरियाणाकी २० बर्षीया मानुषी मेडिकलकी विद्यार्थी हुन्।

१ सय १८ देशका विश्व सुन्दरीलाई पछि पार्दै उनले विश्व सुन्दरीको ताज पहिरिएकी हुन् । मानुसीले अन्तिम ५ मा इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याकी सुन्दरीलाई समेत पछि पारेकी थिइन् ।

विश्व सुन्दरीको ताज भारतले १७ वर्षपछि पाएको हो । सन् २००० मा प्रियंका चोपडापछि मानुषीले विश्व सुन्दरीको ताज जितेकी हुन् ।