प्रहरी पोष्टमा आक्रमण २२ जना प्रहरीको मृत्यु,उच्च सैनिक सतर्कता

२८,मंगलवार १२:२५   Sangita Rai

एज्ेनसी,२८ कात्तिक । फगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक प्रहरी पोस्टमा मङ्गलबार तालिबानको आक्रमणबाट २२ जना प्रहरी मारिएपछि सो क्षेत्रमा उच्च सैनिक सतर्कता अपनाइएको छ।

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान प्रहरी पोस्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए। सो आक्रमणमा परी अरु दर्जनौँ घाइते थिए।

सो क्षेत्रमा मङ्गलबार बिहानदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ। उक्त प्रहरी पोस्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ भने सुरक्षा अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ। तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले त्यहाँ हमला गरेका थिए। बुधबार राति रातभर भएको भिडन्तमा २२ प्रहरीको ज्यान जानुका साथै अरु कैयौँ घाइते भएका थिए।

तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको हो। ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन्।

ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो।