यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट, ठूलो विस्फोट

१९,आईतवार ०२:५८   Sangita Rai

एजेन्सी, १९ कार्तिक – साउदी अरेबियाले यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ । शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो।

राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स–साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले जनाएको छ । यमनस्थित हुथी विद्रोही सम्बद्ध टीभी च्यानलले जनाए अनुसार क्षेप्यास्त्र किङ खालिद अन्तर्रा्ष्ट्रिय विमानस्थल लक्षित थियो ।

हुथीहरुले अमेरिकी राष्ट्रपति रियाद आइपुग्ने अघिल्लो दिन गत मे महिनामा पनि रियादतर्फ क्षेप्यास्त्र प्रहार गरेका थिए । तर राजधानीबाट २०० किलोमीटर टाढै त्यसलाई नष्ट गरिएको थियो । यमनमा अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति आबुदराबी मन्सुर हाडी र हुथी विद्रोही अभियान सम्बद्धहरुबीच युद्ध जारी रहँदा ठूलो क्षति भएको छ ।

साउदी अरेबियाले हुथी विद्रोहीलाई परास्त पार्न अन्तर्रा्ष्ट्रिय गठबन्धनको नेतृत्व गर्दै सन २०१५ देखि उनीहरुमाथि कारवाही गर्दै आएको छ ।