सुन्दर बिहानीका १० टिप्स : एउटा उत्कृष्ट काम गर्ने प्रण गर्नुस !

१७,शुक्रबार ०२:०१   Sangita Rai

हरेक बिहानीलाई सुन्दर बनाउन सकिन्छ । अझ भनोँ बिहानै उठ्न र काम गर्न सकियो भने त्यो निकै खुशी र लाभदायक पनि हुन्छ । तर बिहानीको समयलाई उर्जावान बनाइराख्न त्यत्तिकै काम गर्न पनि जरुरी छ ।

जसले तपाईलाई सधै राम्रो र उत्कृष्ट बनाउन पनि सहयोग गर्छ । यसका लागि १० वटा कुरालाई सधै सम्झिराख्नुपर्छ ।

१. सधै निश्चित समयमै सुत्ने । जसले बिहानमा निन्द्रा खुलाउन सहयोग गर्छ । रातीमा बढीमा ११ वा साढे ११ बजेसम्म सुतीसक्नु उत्तम हुन्छ ।

२. बिहान उठ्नुभन्दा १५ मिनेट अघि अलरमको समय राख्नु उत्तम हुन्छ । यसले तपाईलाई समयमै आफ्नो काममा पुग्न सहयोग गर्छ । किनकी अलरम बज्ने वित्तिकै न्यानो ओछ्यान छाड्ने जाँगर सायदैले लगाउँछन् ।

३. मोबाइल फोनलाई नियन्त्रणमा राख्नुस । त्यहाँ इमेल, फेसबुक र अरु इन्टरनेट प्रदायक सामग्री धेरै नहेर्नुस । जसले तपाईको महत्वपूर्ण किल गर्न सक्छ ।

४. उच्च शिक्षाका पुस्तकहरु पढ्नुस । तर यसका लागि कलेज पनि जानुस । ता की बिहान सुत्नुभन्दा कलेज जाँदा तपाईले केही न केही सिक्न सक्नुहुन्छ ।

५. हरेक बिहान एउटा न एउटा आदर्श भनाईलाई मनन गर्नुहोश । जसले तपाईलाई सकारात्मक काम गरीरहन सहयोग गर्न मद्धत गर्छ ।

६. दिमागलाई स्थिर र शान्त राख्नुस । शान्तीबिना विकास सम्भव छैन् ।

७. आप्mनोबारे आफै कुरा गर्नुस । कमजोरी सुधार्नुस । र आफुले गर्नुपर्ने कामका बारेमा राम्रो ख्याल राख्नुस ।

. आफुलाई सधै रोमान्टिक मुडमा राखिरहनुस । यसले खुशी दिन भरपुर सहयोग गर्छ । आखिर खुशी मनले नै हरेक कामलाई उत्कृष्ट ढंगले गर्न सहयोग पु¥याउँछ ।

९. सधै मायालाई परिष्कृत गर्नुस । किनकी संसारमा जे भइरहेको छ । सब मायाकै लागि भइरहेको छ । माया नै सवथोक हो । यो प्रेमका लागि नभएर धन, पैसामा पनि माया जोडिएको हुन्छ ।

१०. कुनै एउटा काममा केन्द्रित हुने बानी बसाल्नुस । दिनमा एउटा काम राम्रोसँग गर्न सकियो भने बर्षमा ३ सय ६५ काम गर्न सकिन्छ । यसरी तपाई बाचुञ्जेल धेरै काम गरेर अरु भन्दा सफल र उत्कृष्ट बन्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा