सुदूरमा पहिलो पटक मल्टी स्लाईस सिटिस्क्यान सेवा

३१,मंगलवार ०५:५८   Sangita Rai

कैलाली, ३१ असोज । प्रदेश नं ७ अथार्त सुदूरपश्चिममा पहिलो पटक मल्टी स्लाईस सिटि स्क्यान सेवा सुरु हुदैंछ । सेन्टरल डाईग्नोस्टिक एण्ड ईम्याजिन प्रालिले उक्त सेवा कैलालीको धनगढीमा आजदेखि संचालन गर्न लागेको हो ।

करिव साढे चार करोड बरावरको लगानीमा उक्त सेवा सुरु गर्न लागीएको सेन्टरल डाईग्नोस्टिक एण्ड ईम्याजिन प्रालिका बोर्ड अफ डाईरेक्टर हरी सिंह धामीले बताए ।

उक्त सेवा संचालनमा आएपछि भिडियो एक्स रे, एक्स रे, टिएमटि, ईसिजि, सिटि स्क्यान लगाएतका सेवाहरु बिरामीले लिन सक्ने बोर्ड अफ डाईरेक्टर धामीले बताए। यो संगै बिरामीहरुले भारत तथा देशकै नेपालगञ्ज लगाएत अन्य ठाउँमा उपचारका लागी जानु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ ।

बिरामीहरुले अव सुदूरपश्चिममै सेवा पाउने भएकाले उपचारका क्रममा पर्न जाने खर्चभार पनि कम हुने धामीले बताए ।