आँशु झार्दै गच्छेदार कांग्रेसमा विलिन भए, बहुमत ल्याउने दाबी !

३०,सोमबार ११:११   Sangita Rai

काठमाडौँ, ३० असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ ।

दुबै पार्टीबीचको एकता घोषणा गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले दुबै पार्टी एकताका लागि भएको सहमति पत्र सार्वजनिक गरेका थिए ।

घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं सभापति देउवाले काँग्रेस नेतृत्वमा हुने लोकतन्त्र पक्षधर पार्टीहरुको एकीकरणले काँग्रेस पहिलो स्थानको पार्टी रहिरहने र यसले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही वामपन्थी दलले लोकतन्त्रबाट विचलित हुने गरी गरेको धु्रवीकरणपछि नै काँग्रेसको नेतृत्वमा लोकतन्त्र पक्षधर पार्टीहरु समाहित हुनुपर्ने अवस्था आएको बताए ।

सम्बोधनका क्रममा आफूले पार्टी छोड्नु परेको दिन सम्झेर भावुक हँुदै केहीबेर भक्कानिएका गच्छदारले दुबै पार्टीबीचको यो एकताले सम्पूर्ण नेता कार्यकर्तामा उत्साह थपिने र आसन्न निर्वाचनमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्ने दाबी गरेका थिए ।