माग सम्बोधनका बिषयमा आज सरकार र डा.केसी पक्षबीच निर्णायक वार्ता

३०,सोमबार ०४:३९   Sangita Rai

काठमाडौं, ३० असोज । चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी १२ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आज पुनः वार्ता हुँदैछ । यस अघि हिजो भएको वार्ता सकरात्मक भएपछि आज पुनः वार्ता हुन लागेको हो ।

डा. केसीका सातवटै मागका विषयमा वार्तामा विस्तृत छलफल भएको र दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा गइरहेको भन्दै यस्तै ‘स्पिरिट’ कायम रहे एक दुई दिनमै टुंगोमा पुग्ने डा. वाईपी सिंहले जानकारी दिए ।

डा. केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयक प्रमुख दलहरूबीच असमझदारीका कारण संसदबाट पारित हुन सकेको थिएन । सरकारी टोलीले आइतबारको वार्तामा भएको सहमतिअनुसार गृहकार्य गरेर प्रस्तुत भए आजको वार्ता निर्णायक हुन सक्ने डा. केसीका प्रतिनिधि डा. अभिशेकराज सिंहले बताए ।

यसैबिच, १३ दिनदेखि १३ औं आमरण अनशनमा रहनुभएका डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।