देउवा सरकार संकटमा, मन्त्रीपरिषद विस्तार रोक्ने शितल निवासको संकेत

२८,शनिबार ०४:५३   Sangita Rai

काठमाडौँ, २८ असोज । निर्वाचन आचारसंहिता विपरीत भएको मन्त्रीपरिषद विस्तारलाई राष्ट्रपतिले मान्यता नदिने भएकी छन् ।

उनको यो निर्णय सार्वजनिक भएमा प्रधानमन्त्री शेर बहादुर देउवाको माओवादी मन्त्रीलाई हटाउने योजना अलपत्र पर्नेछ भने मन्त्री बनेका राप्रपा नेताहरु पनि एकदिनका लागि मन्त्री बन्ने पक्का हुनेछ ।

यसका लागि निर्वाचन आयोगले कडा कदम चाल्नुपर्नेछ भने राष्ट्रपतिले आफ्नो अडान स्पष्ट पार्नु पर्नेछ । बाँकी सबै निर्णय मध्यान्हसम्म हुने राष्ट्रपति–प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबीचको भेटले गर्नेछ ।

उनीहरुको भेटले प्रधानमन्त्री शेर बहादुर देउवाको ल्याकत पनि प्रष्ट पार्नेछ ।