क्याटोलोनियाको स्वतन्त्रता घोषणाले कुनै असर नपर्ने

२२,आईतवार ०३:३९   Sangita Rai

एजेन्सी,२२ असोज । क्याटोलोनियाको स्वतन्त्रता घोषणाले कुनै असर नपर्ने स्पेनी प्रधानमन्त्री मारियन राजोएले बताएका छन् । यस्तै गतिविधि भइरहे क्याटालन क्षेत्रको स्वायत्तता स्थगन गर्ने विषयलाई नकार्न नसकिने चेतावनी पनि उनले दिएका छन् ।

यसैगरी उनले यस विषयमा कुनै पनि मध्यस्थता जरुरी नभएको र नस्वीकारिने पनि प्रष्ट गरे । यसअघि स्पेनमा स्वतन्त्र क्याटालोनियाका लागि भएको बिबादित जनमत संग्रहपछी अखण्ड स्पेन पक्षधरले ¥याली निकालेका छन् । स्पेनको मड्रिडमा आयोजित र्यालीमा हजारौ मानिस सहभागी भए ।

बार्सिलोनामा पनि स्वतन्त्र क्याटलन पक्षधर र स्पेन सरकारबीच राजनीतिक वार्ताको माग गर्दै प्रदर्शन गरिएको हो । ४३ प्रतिशत मात्र जनता सहभागि गत आइतबार सम्पन्न जनमत संग्रहमा २३ लाख मत खसेको थियो । जसमध्ये ९० प्रतिशतले स्पेनबाट क्याटालन स्वतन्त्र हुनुपर्छ भन्दै मत दिएका थिए ।