डिआइजी नवराज सिलवाल प्रकरण : घृणित राजनीतिविरुद्ध बदलाव !

२०,शुक्रबार १८:११   Sangita Rai

काठमाडौँ, २१ असोज । नेपाली राजनीतिमा डिआइजी नवराज सिलवाल प्रकरण नौलो होइन । उनी एउटा यस्ता पात्र हुन् । जसले पुरानो समस्यालाई मुख्य जडका रुपमा लिएर न्यायको लडाई लडे । तर यसले सार्थकता पाएन । र उनी आफै त्यसको सिकार भए । अन्ततः पदबाटै बर्खास्त हुनुपर्ने अवस्था पनि सिर्जना भयो ।

आफुलाई आइजिपी बनाउन माग गर्दै लगातार एक बर्ष बढी सर्वोच्च धाएका सिलवाल अन्ततः आफै प्रहरी सेवाको जागिरबाट बर्खास्त हुनुपर्यो । त्यो पनि मुद्धा अदालतबाट खारेज भएको झोकमा । यो उनको हठ थियो । तर उनले त्यही हठमा एउटा ‘बोल्ड’ निर्णय लिएका छन । त्यो हो कठिन राजनीतिक श्रृङ्खलाको शुरुवात ।

उनी नेपाली फोहोरी राजनीतिका शिकार हुन् । उनले निकै फोहोरी राजनीतिविरुद्ध न्यायको लडाई लड्दा आफ्नै अस्तित्व नामेट पार्नुपर्यो । योगदान कुल्चिनुपर्यो । र कमाएको अलि बहुत पहिचान पनि गुमाउनुपर्यो ।

तर अब उनले नयाँ श्रृङखला शुरुवात गरेका छन । उनले केही नयाँ र फरक गर्ने निर्णय गरेका छन । जसकारण उनी कि जित्नेछन की त अरुलाई जिताउनेछन । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमालेका सिपाही भएका सिलवालले फोहोरी राजनीतिविरुद्ध आफ्नो ‘एक्सन’ शुरु भएको बताएका छन ।

माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति तथा प्रधानन्त्री देउवाको चेपुवामा परेर आइजिपी हुनबाट बञ्चित भएका सिलवालले राजनीतिक श्रृङ्खलाबाट नेपाली नागरिकलाई न्याय दिने बचन गरेका छन । उनले आफु जस्ता पीडितको घाउमा मलम लाउन एमाले मात्रै एक विकल्प भएको पनि दाबी गरेका छन ।

तर अरु सामान्य या राजनीतिक छबिको मानिस कुनै दलमा प्रवेश गरेको नभई यो एकजना उच्च स्तरका गूप्तचर निकायका प्रमुख फोहोरी राजनीतिमा प्रवेश गरेको दृष्टान्त हो । त्यसैले यसलाई सामान्य रुपमा विश्लेषण गर्नु कमजोरी हुनसक्छ ।

हुन त सिलवालले विस्तारै आफ्नो एक्सनमा पनि आफ्नो उद्धेश्य र नियत खुलाउनलान । तर फोहोरी घृणित राजनीतिको शिकार भएका डिआइजी सिलवालले यसलाई सफाई गर्लान या एउटा फोहोरी विरुद्ध अर्को फोहोरी खेल खेल्लान ?

उनको अबको ‘फोर्स पोलिटिकल कोर्स’ले बताउनेछ । तर सिलवाल यदि साच्चिकै राजनीतिक सिपाही भएका हुन् भने उनीबाट केही नैतिक, न्यायिक र एक्सनफुल सुधारका कामको पनि अपेच्छा गर्न सकिन्छ । किनकी उनी त्यही पृष्ठभुमिबाट आएका हुन् ।

यसमाथि अहिले विश्वास गर्नुको विकल्प छैन् । भोलि त सबैले देखेपछि आफ्नो बिचार सार्वजनिक गरिहाल्छन । त्यसैले एउटा प्रहारविरुद्ध अर्को प्रहार शुरु गरेका नवराज सिलवाललाई राजनीतिमा सफलता मिलोस ।

शुभकामना !!!