सौगात र बर्षाको गज्जबको केमेष्ट्री, भोलिबाट प्रदर्शन हुने फिल्म कस्तो छ ?

९,सोमबार १७:०१   Sangita Rai

सौगात मल्ल र बर्षा राउतको गज्जबको केमेष्ट्री मिलेको फिल्म मेरो पैसा खोई भोलि असोज ११ गतेबाट हलमा जादैछ । फिल्मको ट्रेलरमा बुद्धि तामाङ, छुल्ठिम गुरुङदेखि बर्षा र सौगातको भूमिका गज्जबको देखिएपनि छक्का पञ्जा २ सँग भिड्न लागेको फिल्म कस्तो छ ? भोलि नै थाहा हुनेछ ।

दीपक राज गिरी र दीपा श्री निरौलाले बनाएको छक्का पञ्जा २ पनि भोलि नै रिलिज हुदैछ । तर रोज राणाले निर्माण र निर्देशन गरेको फिल्म पनि कम छैन । रोजले यसअघि विराज भट्टलाई लिएर बनाएको जय परशुराम फिल्म भने व्यवसायिक रुपमा असफल भएको थियो ।

त्यो फिल्म रिलिज पश्चात रोजलाई उनकै पुर्व गुण्डा सहकर्मीले खुकुरी समेत हानेका थिए । रोज नेपाली फिल्मका सफल नायक, निर्माता हुन । तर पछिल्ला फिल्ममा उनलाई खासै सफलता मिलेको छैन ।

हेरौँ असोज ११ गतेबाट हलमा जाने मेरो पैसा खोईले उनलाई कत्तिको सफलता दिन्छ ? तर निश्चित छ की रोजलाई छक्का पञ्जा २ लाई जितेर हलमा दर्शकलाई उतार्न फलामका चिउरा चपाएसरहै पक्कै हुनेछ ।