दुईदिन देखि रोल्पामा इन्टरनेट सेवा अवरुद्ध

४,बुधबार ०३:४०   Sangita Rai

रोल्पा, ४ असोज । रोल्पा जिल्ला सदरमुकाम लिवाङ लगाएतका प्रमुख व्यापारीक केन्द्र सुलिचौर, घर्तिगाउँ लगाएतका स्थानमा हिजोदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

पिएसटिएन टेलिफोन लाइनको स्तरवृद्धिगर्ने कार्य भैरहेकोले इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम रोल्पाले जनाएको छ । इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्ला स्थित संचारकर्मीहरुलाई समाचार संप्रेशनमा समस्या भएको जिल्ला स्थित संचारकर्मीहरुले बताए ।

टेलिफोन लाईन स्तरवृद्धिको कार्य सम्पन्न गर्न केहिदिन लाग्ने भएकोले इन्टरनेट सेवा सुचारु हुन अझै केहिदिन लाग्ने टेलिकम रोल्पाका प्रमुख कैलाश आचार्यले बताए ।