‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक, रिलिज असोज ११ गते

२१,बुधबार १८:५३   Sangita Rai

काठमाडौँ, २२ भदौँ । दीपक दीपाको छक्का पञ्जा २ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ट्रेलर छक्का पञ्जा जस्तो हसाइलो भने छैन ।

यसका शुरुदेखिका गीतहरु विवादित बनेपछि केही निराश बनेको दीपक दिपाको टिमले ट्रेलरबाट राम्रो प्रतिक्रिया पाउने सम्भावना कम छ ।

बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, सुरेन्द्र पौडेलका साथै दीपकराज गिरी, बर्षा राउत, प्रियंका कार्की, स्वष्तिमा खड्का लगायतको भूमिका छ । फिल्म भने असोज ११ गतेबाट हलमा जानेछ ।