दिपिकालाई हट मोडल बनाउँदै रमेशले ‘ऐश्वर्य’को टिजर सार्वजनिक गरे

१४,बुधबार ०४:३०   Sangita Rai

काठमाडौँ, १४ भदौँ । तिहारको छेकोलाई आधार मान्दै फिल्म ‘ऐश्वर्य’ को टिजर सार्वजनिक भएको छ । कात्तिक ९ गते प्रदर्शन हुने फिल्मको टिजरमा नव नायिका दिपिका प्रसाई हट मोडलका रुपमा प्रस्तुत भएकी छन ।

नायक एवं निर्माता रमेश उप्रेतीकी प्रिय बनेकी दीपिकाका लागि खलनायकको भूमिकामा देखिएका प्रशान्त ताम्रकारले लडाई गर्ने दृश्य पनि टिजरमा समावेश छ । दिवाकर भट्टराईले निर्देशित गरेको फिल्म ‘एश्वर्य’ लाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गरेका हुन् । यद्यपी फिल्ममा रमेश उप्रेतिको मुख्य लगानी छ ।

यो फिल्मका लागि अर्जुन पोखरेलको शब्द र संगीतमा तयार भएको गीत ‘तिमी रोएको पल’ले दर्शक श्रोताको मन जितिरहेको छ ।