‘घर त ठिमी ’ बोलको लामिछानेको लोकदोहोरी गित सार्वजनिक

१३,मंगलवार ०९:१०   Sangita Rai

काठमाडौं,१३ भदौ । सर्जक तथा संञ्चारकर्मि सरोज लामिछानेको लय शब्द गायीका स्मृति गौतमको घर त ठिमी नेपाली लोक दोहोरी गित सार्वजनिक भएको छ । पानी छैन हे माया म बस्ने ठाउँमा कोठा खोज्देऊ तिम्रै घर छेउछाउमा भन्दै वास्तविक घटनाको परिकल्पना गर्दै संञ्चारकर्मि लामिछाने घर त ठिमी बोलको लोक दोहोरी गित सार्वजनिक गरिएको बताए ।

राजधानी काठमाडौको समस्यालाई कल्पना गर्दै विन्ध्यावासिनी म्यूजिकले बजार ल्याएको घर त ठिमी बोलको गित बजारमा सार्वजनिक गरिएको लामिछानेले बताए ।

प्रकाश भट्टले निर्देशन गरेको लोक दोहोरी गितमा कोठा भाडामा लिएर बस्नेहरुका समस्यालाई कल्पना गर्दै माया प्रितमा गाइएको छ । कोठामा साथीलाई बोलाएर मासको दाल पकाएर आफ्नो साथी जे भन्छ त्यहि मान्ने बचन यस गितमा दिइएको छ ।

बिष्णु शर्माको सम्पादनमा तयार पारिएको लोक गित घर मेरो ठिमीमा दिनेश थापा, करिश्मा ढकाल,स्मृति गौतम र सरोज लामिछानेको अभिनय रहेको छ । स्मृति गौतम र सरोज लामिछानेको स्वर रहेको लोक गितमा क्यामेरामा राजेश घिमिरे रहनु भएको छ ।गौतम र लामिछानेको स्वर रहेको यस लोक गितमा लामिछाने र गौतमको जोडीलाई अभिनयमा पनि देख्न सकिन्छ ।यस गितमा उनीहरुलाई हेर्न लिकंमा क्लिक गरेर हेनुपर्नेछ ।