‘छक्का पञ्जा २’को नयाँ गीत : प्रियंका र दीपकको झ्याम्म झ्याम्म

१२,सोमबार १०:०२   Sangita Rai

दीपकराज गिरी र दीपाश्री निरौलाको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को नयाँ गीत सार्वजनिक भएको छ । गीतमा हरिवश आचार्य र आस्था राउतको स्वर रहेको झ्याम्म झ्याम्म बोलको गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा दिपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङको अभिनय छ । दिपाश्री निरौलाले निर्देशन गरेको फिल्म असोज ११ गतेदेखि हलमा आउनेछ । फिल्ममा पुरानै युनिटको लगानी छ ।