दलहरुको चहलपहल,मेयरमा राजपाका सिंहको पल्ला भारी, टक्कर कांग्रेस संगै

३०,सोमबार ०८:०२   Sangita Rai

वीरगंज, ३० साउन । राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा जाने भएसंगै प्रदेश नम्वर २ मा चुनावि माहोल गर्माएको छ । प्रदेश नम्वर २ मा यहि असो २ गते निर्वाच हुँदै छ । कुनै अवरोध नआए अबको ३६ दिन पछि प्रदेश २ मा स्थानीय तहको निर्वाचन हुने निश्चित छ । निर्वाचन हुने पक्का पक्कि संगै अहिले राजनीतिक दललाई उम्मेद्वा चयन गर्ने चटारो आइपरेको छ ।

प्रदेश नम्वर २ मा रहेको एक मात्रै महानगरपालिका वीरगंज महानगरमा पनि राजनीतिक दलले उम्मेद्वारको टुंगो लगाउनक कसरत शुरु गरेका छन् । नेकपा एमाले र संघिय समाजबादी फोरमले महानगरको उम्मेद्वार टुंगो लगाईसकेका छन् । अन्य दलले पनि अब केहि दिनमै उम्मेद्वारको टुंगो लगाउने गरि तयारि थालेका छन् । नेपाली कांग्रेसको केन्द्रिय समितिले सोमबार सम्म उम्मेद्वार चयन गरेर नाम पठाउन जिल्लालाई निर्देशन दिइसकेको छ ।

राजपा पनि वीरगंज महानगरमा उम्मेद्वार चयन गर्ने कसरतमा लागेको छ । वीरगंज प्रदेश नम्वर २ को एक मात्र महानगर रहेकाले पनि अहिले सबै राजनीतिक दलको चासोको केन्द्रमा छ । मुलुककै प्रवेशद्धारको रुपमा रहेको र सबैभन्दाबढी भन्सार राजश्व संकलन गर्ने ठाउँको रुपमा चिनिएकाले पनि वीरगंजलाई आफ्नो कब्जामा पार्ने गरि राजनीतिक दलले सोहि अनुसारको कार्यकर्तामाझ क्षवि बनाएको उम्मेद्वारलाई अगाडी सार्ने कोशिसमा छन् ।

वीरगंज २०६२÷०६३ को मधेस आन्दोलन र त्यसपछिका विभिन्न आन्दोलन हुँदै २०७२ को ६ महिने मधेस आन्दोलनका क्रममा समेत मधेसीदलको पकडमा रहेको स्थान रहेकाले पनि अहिले उक्त महानगरमा मधेसी दलका उम्मेद्वारले बाजि मार्ने आंंकलन गरिएको छ । विशेषगरि अहिले एक भएको राजपाले उम्मेद्वार छनौटमा ध्यान दिए महानगर उसैले हात पार्ने निश्चित छ ।

एक सस्थाको सर्वे अनुसार अहिले महानगरमा राजपासंंग कांग्रेसको मात्रै प्रतिष्पर्धा हुने देखाएको छ । राजपाले २०७२ सालको मधेस आन्दोलन तथा नाकाबन्दिका बेला सक्रिय रुपमा लागेका स्थानिय स्तरमा युवा नेताको रुपमा चिनिएका राजेशमान सिहलाई उम्मेद्वार बनाए उनको अगाडी कांग्रेस पनि फितलो पर्ने सर्वेले देखाएको हो । गत महिना वीरगंजमा उक्त सस्थाले गरेको सर्वेले राजपाले सिंहको स्थानमा अन्य कसैलाइ उम्मेद्वार बनाए कांग्रेसले सहजै जित हात पार्नेछ । राजपामा अहिले पनि सिंह सहित पुराना नेता विमल श्रीवास्तवको नाम चर्चामा छ ।

पन्चायतकाल र ज्ञानेन्द्र शाहको शाही शासन कालमा भएको नगरपालिका चुनावमा श्रीवास्तव विजयी भएका थिए । पछिल्लो समय राजनीतिमा निस्कृय रहेका उनि अहिले फेरी महानगरको चुनावमा उम्मेद्वारी दिने भन्दै प्रचारमा हिँडेका छन् । अधिकांश समय विदेशमै विताएका श्रीवास्तव पछिल्लो २०७२ सालमा भएको ६ महिने मधेस आन्दोलनका समयमा समेत लण्डन र अष्ट्रेलियामा गएर बसेका थिए । आन्दोलन र संघर्षका समयमा विदेश गएर बस्ने र आन्दोलनमा ऐक्यबद्धता समेत नजनाउने श्रीवास्तवलाई पार्टीले टिकट दिए विद्रोहमा उत्रन बाध्य हुने पार्टीभित्रका नेता कार्यकर्ताले चेतावनि समेत दिएका छन् ।

अहिले चर्चामा रहेका राजेशमान सिंहलाई राजपाले टिकट दिए महानगरमा आफ्नो झण्डा गाड्न राजपा सफल हुने देखिएको छ । नेपाली कांग्रेसका अजय द्धिवेदीलाई कांग्रेसले टिकट दिने लगभग पक्कपक्कि जस्तै देखिए पनि पार्टी भित्र श्याम पोखरेल र स्थानीय ब्यापारी ओमप्रकाश शर्माको पनि नाम चर्चामा छ । कंग्रेसले द्धिवेदीलाई उठाए राजपाका सिंहलाई पनि केहि सकस भने हुने सर्वेले देखाएको हो । द्धिवेदी पनि उक्त महानगरमा क्रियासिल नेता हुन् । नेपाली कांग्रेसको जिल्ला सभापति रहेका उनि संविधानसभा दोश्रो निर्वाचनमा क्षेत्र नम्वर २ बाट भने एमालेसंग पराजित भएका थिए ।

यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले स्थानीय ब्यापारी विजय सरावगीलाई मेयरमा उठाउने निर्णय गरेर त्यसै अनुसारको प्रचारप्रसार पनि गर्दै आएको छ । सरवागी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । वीरगंज मारवाडी समुदायका व्यापारीहरुको दबदबा रहेको स्थान भए पनि समुदाय भित्रै भने सरावगिको पकड राम्रो मानिँदैन ।

बरु कांग्रेसका ओमप्रकाश शर्माको मारवाडी समुदायमा पकड राम्रो रहेको स्थानीय एक ब्यापारिले बताए ।  यस्तै नेकपा एमालेले नेशनल मेडिकल कलेज वीरगंजका प्रवन्धक बसरुद्धिन अन्सारीलाई मेयरका लागि नाम सिफारिस गरिसकेको छ । महानगरमा १५÷२० हजार मुस्लिम मतदाता रहेकाले एमालेले अन्सारीलाई अघि सारेको हो । अन्सारी संविधानसभा दोस्रो चरणको निर्वाचन माओवादीबाट उम्मेदवार थिए । अहिले एमाले प्रवेश गरेर महानगरको मेयरमा उम्मेद्वार बन्ने तयारी थालेका हुन् ।

तर महानगरमा एमालेको खासै प्रभाव छैन ।  मुस्लिम मतदातालाई नै आफुतिर तान्न माओबादी केन्द्रले पनि रोहबर अन्सारीलाइ मेयरको उम्मेद्वार बनाउने तयारी थालेको छ । मुस्लिम समुदायमा राजपाका राजेशमान सिंहको समेत बलियो पकड छ । सिंहले टिकट पाए मुस्लिम समुदायको भोट बाँडिने देखिन्छ ।

वीरगंज महानगरमा अहिले राजपा र कांग्रेसबीच नै कडा प्रतिष्पर्धा चल्ने छ । कंग्रेसले द्धिवेदी र राजपाले राजेशमान ंिसंहलाइ उठाए परिणाम कस्को पक्षमा पर्छ भनेर भन्न कठिनाइ हुने देखिन्छ । तथापि राजेशमान सिंहको नगरक्षेत्रमा बढी प्रभाव रहेकाले नतिजा आफ्नो पक्षमा पार्न केहि सहज हुने छ । सोलिडारिटि फर इलेक्सन सर्वे भन्ने सस्थाले केहि दिन अघि मात्रै सकेको वीरगज महानगरको सर्वेक्षणमा राजपाले राजेशमान सिंहलाई मेयरमा उठाए उनको पक्षमा कुल मतदानको ३५ प्रतिशत मत आउने देखाएको छ । यस्तै कंग्रेसले द्धिवेदीलाई उठाए ३० देखि ३१ प्रतिशत सम्म मत पाउने देखाएको हो ।

सर्वे अनुसार राजपाकै अर्का सम्भावित उम्मेद्वार विमल श्रीवास्तव भन्दा संघिय समाजबादी फोरमका मेयरका उम्मेदवार विजय सरावगि अगाडी देखिएका छन् । सर्वेले श्रीवास्तवलाई चौथोमा रहेको देखाएको हो । सस्थाले वीरगंंजमा एक महिना सम्म गाउँगाउँ सम्मै पुगेर स्थानीयसंग गहनरुपमा जानकारी लिएको थियो ।