दलहरुलाई निषेध गरे निर्वाचन सफल हुदैन : बाबुराम भट्टराई

२,शनिबार ०५:२७   Sangita Rai

अहिले राजनीतिक शक्तिबाट मुलुकको समृद्धि नदेखेर आफैले नयाँ पार्टी खोलेर नयाँ राजनीतिक यात्रा गरेका बाबुराम भट्टराई केही दिन अघि पक्राउ परे । उनले अबका दिनमा आन्दोलन हड्ताल नगरी समृद्धिका लागी काम गर्ने बताएका थिए । तर उनी फेल खाएका छन । यसै समसामयिक विषयमा उनीसंग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईलाई प्रधानमन्त्री भइसकेको अवस्थामा पनि प्रहरीले निकै निर्मम ढंगले अपहरण शैलीमा पक्राउ गर्यो ? कहिलेकाही आफैलाई लाज लाग्दैन ?

घटनाको लगतै मैले हिजो फेसबुमा स्टाटस राखेको थिएँ । पहिलो पटक २०३६ सालमा अखिल भारतीय विद्यार्थी संगठनको अध्यक्ष भएको समयमा राजा विरेन्द्रलाई कालो झण्डा देखाउँदा भारत सरकारले मलाई गिरफ्तार गरेको थियो । दोस्रो पटक ०४२–४३ सालमा नेपालमा गिरफ्तार भएँ । बहुदल आएपछि ५० सालमा मदन भण्डारीको हत्याको विरोध गर्दा गिरजाप्रसाद कोइरालाको सरकारले गिरफ्तार गरेको थियो । त्यो मेरो चौँथो गिरफ्तारी थियो । मेरो गिरफ्तारी पाँचौ पटक पूर्व सहयोद्धा प्रचण्डको सरकारले गिरफ्तार गरेर राखेको थियो । म रोमाञ्चित महसुस गरिरहेको थिए । जीवनको समिक्षा गरिरहेको थिए । इतिहास दोहरिन्छ भन्छन् । दोहरिँदो रहेछ । कहीँ हामीले गल्ती त गरिरहेका छैनौँ भन्ने पनि लाग्यो । ३६ सालबाट अहिले सम्म ३६–३७ बर्ष भइसकेको छ । लोकतन्त्रको विकास नै नभएको अनुभूति भएको छ ।

तपाईंले आफूलाई लज्जित भएको कुरा पनि गर्नुभयो । एउटा घटनाले यो निश्कर्षमा पुग्न हतारिएको जस्तो लाग्दैन ?

लोकतन्त्रको गहिराई सम्मको विकास नहुँदासम्म आर्थिक सामाजिक परिवर्तन हुँदैन रहेछ । सांस्कृतिक रुपान्तरणको वातावरण बन्दैन भन्ने युरोपको एलाइन्टमेन्टबाट प्रभावित भएर होला देशमा औद्योगिक क्रान्तिसँगसँगै राजनीतिक क्रान्ति र त्योसँगै आर्थिक–सामाजिक क्रान्ति आउँछ भन्ने थियो । त्यहीँबाट विधिको शासन आउँछ भन्ने मान्यता बोकेर आउँछ भनेर निरङ्कुसताको अन्त्य गरेका मान्छेहरु हौँ । विस्तारै जनता अधिकार सम्पन्न भए भन्ने भएको थियो । तर दुईटा कुराले भिन्न कुरा देखियो । दलिय आधारमा दलले निर्वाचनमा चुनाव चिन्ह पाउनु सामान्य कुरा हो । बहुदलमा पनि पाइन्थ्यो । तर अहिले आएर त्यो पाउने कुरा नै कुण्ठित ग¥यो । यसबाट थाहा लाग्यो कि मेरा पूर्व मित्र प्रचण्डको लोकतन्त्रप्रतिको ज्ञान कति छिपछिपे रहेछ ।

दोस्रो, शान्तिपूर्ण रुपमा धर्ना बस्नु ठूलो अपराध होइन । हामी जाने ठाँउमा निषेधित क्षेत्र बनाएर बलप्रयोग ग¥यो । हामीलाई गिरफ्तार गरेर लग्यो ।

तेस्रो गिरफ्तार गरेर लगेपछि पूर्व प्रधानमन्त्री र सांसदहरु लगेपछि कुनै पहल होला भन्ने लागेको थियो । तर, कुनै पहल भएन । लगेर सरकारले कुनै रेस्पोन्स गर्ला भनेको, गरेन । हामी त राजनीतिक माग राखेर आन्दोलनमा गरेका थियौँ । हामी चोर–डाँका त थिएनौँ ।

दिन भरी राखेर बेलुका त गृहमन्त्रीले तपाईं गइदिनु प¥यो पो भन्छन् । कुनै विधि प्रक्रिया पूरा गरेन । मैले गृहमन्त्रीलाई भने केही लिखित त चाहियो । हामीलाई किन ल्याइएको हो रु किन छोडिँदै छ रु हैन, तपाईं गइदिनु प¥यो भनेर गृहमन्त्रीले फोन काट्नुभयो ।

त्यहाँ एसएसपी छविलाल जोशी रहेछन् । धुर्त र अन्त्यन्त कपटी । केटाकेटीलाई जिस्काए जस्तो गरी के सेवा गरौँ ? भन्दै आए । मैले तपाईंको नियम कानूनले जे भन्छ त्यही गर्नुहोस् भने । त्यसको पाँच मिनेटपछि राठोर भन्ने डिएसपी आए । मैले पहिला पनि सुनेको थिएँ त्यो उद्दण्ड प्रकारको छ भनेर । उसले त आदेश दिएर ल केटाहरु हो समात भने । त्यसपछि लछारपछार भयो । महिलाहरुलाई,सांसदहरुलाई घिसार्न थालियो । नगर भन्दा पनि मानेनन् ।

त्यसपछि लाग्यो, मानवअधिकार विधिको शासन केही रहेनछ । मैले बाहिर आएर भने हामीले केही अपराध गरेको छ भने कानून अनुसार सजाय हुन्छ । हामीले अपराध पनि केही गरेका थिएनौँ । थियो भने अदालतमा पेस गर्ने हो, मुद्दा लगाउने हो । केही नगर्दा पनि प्रहरी हिरासतमा दुव्र्यवहार भयो ।

यो हेर्दा लोकतन्त्र, विधिको शासन नाजुक रहेछ । झन् मधेशका दलित बस्तीमा के होला रु दुरदराजमा के होला रु सारै लज्जित बनायो मलाई । त्यसमा पनि प्रचण्डको सरकारले । उहाँको शासनकालमा यस्तो गतिविधि हुनु र उहाँले कुनै चासो नदेखाउनुले मलाई लज्जित बनाएकै हो ।

सामाजिक संजालमा मुलत सरकारप्रति तपाईंका आक्रामक भनाई आउने गर्छन । प्रधानमन्त्री प्रचण्डलाई तपाईले भ्रष्टाचारी पनि भन्न भ्याउनुभयो ? हिसिला यमीको पती भएर आफु यसबाट अछुतो छु भन्ने लाग्छ ?

राजनीति यस्तो दुस्चक्रमा फस्यो कि भ्रष्टाचार कालो धनको बलमा र डनहरुको बलमा निर्वाचन जित्ने । जितेपछि भ्रष्टाचार गर्ने र फेरी डन प्रयोग गर्ने दुस्चक्र चल्यो । काँग्रेस राजावादीहरुले यस्तो गरे–गरे तर यसका विरुद्ध विद्रोह गरेको माओवादीले पनि त्यहि बाटो अंगालेको छ । विद्रोहको नेतृत्व गर्ने प्रचण्ड नै अरबौँको भ्रष्टाचारमा मुछिनु भएको छ । उनका आसेपासे र परिवारका मान्छेहरुलाई पाल्नुभएको छ । क्रोनिजम क्यापिटल खडा गर्नुभएको छ । उनले अहिले हिजोका काँग्रेस, पञ्च र कुख्यात मान्छेहरुलाई नै उछिन्नु भएको छ । यो मैले दुःखका साथ भनिरहेको छु । मैले पाएको सूचना अनुसार यो बर्षको बजेटको रकामान्तर भनेर गैरबजेटिएर रुपमा अरबौँको हिनामिना भएको रिपोर्ट आएको छ । अहिले निर्वाचन भनेर पैसाका बिटाबोकेर हिँडिरहनु भएको छ ।पैसाको मामिलामा काँग्रेस र एमालेलाई जितेको छ प्रचण्डजीको माओवादी केन्द्रले । यो सरकार प्रति क्रान्तिको हतियार बन्यो । यो मलाई गम्भिर चिन्ता लागेको छ । मेरो उहाँ प्रति अहिलेपनि रिस वा आग्रह कुनै छैन ।

पहिला पार्टी बनाउँदा आर्थिक समृद्धि र विकासको नारा प्रधान थियो । अहिले आन्दोलनमा आफै उत्रनु भयो । किन आन्दोलनकै आवश्यकता आइपर्यो ?

हामीले पाँच स हो अवधारणा अगाडि सारेको छौँ । समृद्धि हाम्रै पालामा भनेका छौँ । विकास र समृद्धि हाम्रो मुख्य नारा हो । भ्रष्टाचार मुक्त समाज बनाउने उद्देश्य हो । यसको लागि समावेशील समानुपातिक लोकतन्त्र हुनुपर्छ । हिमाल पहाड तराईका जनतामा एकता हुनुपर्छ । संविधान निमार्णको समयबाट नै संविधानप्रति असन्तुष्टि राखेका दललाई–समुहलाई पनि राजनीतिमा ल्याउनु पर्छ । यो भनेको संविधान संशोधन गरेर हुन्छ ।

यहाँले चुनावका लागि अगाडि सारेका ६ वटा आधारमा खास प्रगति भएको छैन । तै पनि चुनावी तयारी त्रीव छ । ६ वटा आधार र चुनाव चिन्ह पाइएन भने नयाँ शक्ति चुनावमा जान्छ कि जाँदैन ?

दलहरुलाई निषेध गरेर हुँदैन । दलहरुलाई संविधानले दिएको अधिकारबाट बन्चित गर्दै जानु भयो भने लोकतन्त्र र संविधानको विरुद्ध हुन्छ । हामी यसको प्रतिवाद गर्छौँ । निर्वाचनको वातबरण बनेको छैन् । देउवाले दिएको समय सिमामा आफ्नै नेतृत्वमा निर्वाचन गर्ने दवाव पनि होला । सकिएन भने सत्ताको समय लम्बाउने खेलमा लाग्नु हुन्छ, प्रचण्ड । उहाँले यो संसोधन गर्न चाहेमा एक हप्तामा समाधान हुन्छ । कि संविधान संशोधन गर्ने कि दुई तीन दिन संसद स्थगित गरेर अध्यादेश जारी गर्न सकिन्छ । निर्वाचनको लागि प्रचण्ड नै तयार छैनन् भन्ने मेरो आशंका हो । पुष्टि उहाँले नै गर्नुपर्छ ।

एकातिर तपाईंले विभिन्न राजनीतिक दलसँग धुव्रीकरणको अभियान चलाईरहनु भएको छ । अर्कातिर मुमाराम खनाल, रामेश्वर खनाल हुँदै कर्मोचा र पराजुलीसम्म आउँदा भएका बर्गिगमनले दिएको सन्देश के हो ?

धुब्रीकरण हुन्छ नै । रुखहरु बढ्दा पनि पुराना पत्र झर्ने, केहि नयाँ आउने हुन्छ । पहिला नयाँ शक्ति बनायौँ । केही मान्छे नयाँ आए, केही मान्छे अटाउन सक्नु भएन । उहाँले सोचेको कुरा पुरा भएन होला । जुन गतिमा यो अगाडि बढ्नुपथ्र्यो, त्यो अनुसार चाल मिलाउन सक्नु भएन होला । यो आउने र जाने क्रम चलिरहन्छ । यसलाई मैले अन्यथा मानेको छैन ।
सबै कुरा रुपान्तरित हुन सकिदैन । जति र जसरी मैले बुझ्नु पथ्र्यो, त्यो मैले पनि गर्न सकिनँ होला । सबैको सबै प्रतिभा र अनुभव थाहा पनि हुँदैन । म पनि माओवादीबाट एक्लै निस्केको थिएँ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकताका लागि गहन संवाद भएका छन् भनिएको छ । यहाँले आफ्नो पार्टीका तर्फबाट राजनीतिक संवाद समिति पनि बनाउनु भएको छ ?

संघीय समाजवादी लगायतका विभिन्न पक्षसँग संवाद भइरहेको छ । केही समय पहिला गंगा चौधरी आउनु भयो । दानबहादुर चौधरी आउनु भयो । सुशासन महाअभियान भन्ने युवाहरुको समुह आयो । मजदुरहरुको समुह आयो ।

तपाईंको पार्टीको धेरै नेता–कार्यकर्ताले नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकताका बारेमा आश्चर्य प्रकट गरेका छन । फेरी माओवादीलाई छाडेर मधेसीवादी दलसंग कुम जोड्नुको कारण के हो ?

मैले त्यस्तो भनेको छैन । आगामी दिनमा धुब्रीकरण झन तिब्र गतिमा हुने छ । सुखद खवर आउने छ भनेको हो ।मैले हिजो मात्र प्रधानमन्त्री प्रचण्डसँग अन्तर्वार्ता गरेको थिएँ र नयाँ शक्तिसँग चुनावी तालमेलवारे जान्न खोजेको थिएँ । प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र र नयाँ शक्तिवीच चुनावी तालमेलको सम्भावना रहने बताउनु भएको छ ।

यस्तो अवस्थामा तपाईं र मोहन वैद्य किरण आन्दोलनमा सँगै देखिनु भएको छ । तपाई र बैद्यबीचको एकता हुन सक्छ ?

सबैसँग समदुरी सम्बन्ध छ । काँग्रेस,एमाले र प्रचण्ड माओवादीसंग समदुरी हुन्छ । यी सबै पुराना शक्तिहरु नै हुन । पुराना शक्ति संग तालमेल गर्ने संयुक्त मोर्चा बनाउने भन्ने हुदैन । यी सबै शक्तिहरुका साइन बोर्ड मात्र फरक हुन् । कार्यगत एकता हुन सक्छ । वैद्यजीले फरक निर्वाचनमा भाग लिने भनेको छ । हेराँै कस्तो निति लिनु हुने छ ।

निर्वाचन होला त ? अनि जनताले कसलाई पहिलो पार्टी बनाउनलान ?

यो अहिले नै भन्नु गलत हुन्छ । निर्वाचनको वातावरण बनाउनु पर्छ । हामीले ७ वटा कुरा अगाडि सारेका छाँै । तर, यहाँ पुन संरचना नगरे निर्वाचन गराइदैछ । संरक्षित क्षेत्र निर्धारण भएको छैन । चेपाङहरुको बाहुल्य क्षेत्र अथवा संरक्षित क्षेत्र बनाउनु पथ्र्यौ, म त्यहीँ निर्वाचन क्षेत्रको व्यक्ति हुँ । निर्वाचनको वातावरण बनाउन संयुक्त सरकार बनाउनु पर्छ । निर्वाचनमा हुने खर्चलाई नियन्त्रण गर्न सरकारले मापदण्ड बनाएर खर्च दिनु पर्छ ।

रातोपाटीबाट