यी हुन सगरमाथामा बिलाएका आरोहीहरु

२५,आईतवार ०३:१७   Sangita Rai

सुयोग ढकाल –  सगरमाथा एउटा सपना हो जसको प्राप्तीकालागि बर्षेनी धेरैजना आरोहीहरु ज्यानको जोखिम मोलेर जानेगर्दछन् । सबैजनाको भाग्यमा चुचुरो अनि जीवनकहाँ हुन्छ र ? कतिजनाले त जीवन सगरमाथाको काखमा गुमाएका छन्, पातलो हावाले अक्सिजन साँचेको कहाँ कुन्छ र रु सानो गडबडिले पनि ठुलो जोखिम दिनेगर्दछ । फेरि मौसम कसका् हातमा हुन्छ र रु मौसमको पासा पल्टेसँगै जीवनको लिला समापन भएका धेरै व्यक्तिहरुका लाश अझै पनि सगरमाथाका हिँउसँगै सलबलाईरहेका छन् ।

१. जर्ज मेलारी

जर्ज मेलारी एउटा अग्रगामी सगरमाथा आरोही हुन् । एडमन्ड हिलारी र तेन्जिगं नोर्गेले सन १९५३ मा आरोहण गरेको ईतिहास भएको सगरमाथामा त्यसभन्दा २९ वर्ष अगाडि जर्ज मेलोरी आरोहण गर्न सन् १९२४ मा पुगेका हुन् । दैव जानुन यिनले चुचुरो मा पाईला राखे या राखेनन तर १९२४ मा बेसक्याम्पवाट उक्लिएका मेलोरी त्यसपछि फर्किएनन् । ईतिहास जित्नेकोमात्र लेखिन्छ, शायद मेलोरीले चुचरो टेकेर फर्किएका भए आज हामीमध्य धेरैले यिनलाई चिनेका हुन्थ्यौ होला ?

सन् १९२४ बाट लगभग ७५ बर्षसम्म मेलोरीको मृत शरीर सगरमाथाको हिँउसँगै रहिरह्यो तर सन् १९९९ मा एउटा आरोही दलले यिनको मृत शरीर फेला पारेर उनको परिवारलाई बुझाएको हो ।

२. सर्जि र फ्रयान्सी एरिस्टेभ

सर्जि र फ्रयान्सी एरिस्टेभ सगरमाथाले बिछोड गराएको एउटा प्रेमजोडि हुन् । अमेरिकी नागरीक यिनीहरुको मृत्यू आरोहणका क्रममा सन् १९९८ मा भएको हो । आरोहण गरेर फर्कने क्रममा यिनीहरु एकआपससँग छुटिएका हुन र श्रिमानलाई अर्का आरोहण दलले भेटाएतापनि श्रिमतीलाई खोजीछाड्ने यिन्को प्रयासका क्रममा हिँउको खाल्डोमा परेर श्रिमानको पनि दुख्खद मृत्यू भयो । श्रिमान सेर्जीको मृत शरीर भने एकबर्षपछि भेटियो तर श्रिमती फ्रयान्सी अझैपनि कतै हिँउहरु विचनै छिन् ।

३. हेनलोर सिमेच्स

३९ बर्षिय हेनलोर जर्मन आरोही हुन जो आरोहण गरेर फर्कने क्रममा सन् १७७९ मा सगरमाथामा विलिन भईन् । सगरमाथामा मृत्यूवरण गर्ने पहिलो महिला आरोहीका रुपमा यिनीलाई चिनिन्छ । फर्कने क्रममा केही बेर शरीर थाकेर उभिएकी यिनी त्यसठाँउवाट अगाडि बढिनन्, यिनको जीवन त्यही हिँउको थुप्रोविच समापन भयो ।

४. छेवागं पालिजोर

यिनलाई अहिलेपनि आरोहीहरुले हरियो जुत्ताका नामले चिन्दछन् । आरोहणका क्रममा हरियो बुट लगाएर चढेका यिनी कहिले फर्किएनन् । भारतीय आरोही छेवागंको मृत्यू सन् १९९६ मा सगरमाथामा भएको भीषण हिँउको चलायमानका कारणले भएको हो । त्यस वर्ष यिनी लगायत अन्य धेरै आरोहीहरुको मृत्यू भएको थियो ।

५. मार्को लाईटेनकर

स्लोभाकियन आरोही मार्को सन् १९५९ मा जन्मिएका हुन् । सगरमाथा आरोहण क्रममा सन् २००५ मा यिनले मृत्यूवरण गरे । यिनको शरीर अझै पनि ८००० फिट माथी रहेको विश्वास गरिन्छ । अन्य आरोहीहरुका अनुसार यिनको अक्सिजन उपकरणमा गडबडी भएको पाइएको थियो ।

६. डेभिड शार्प

सगरमाथा आरोहीहरुको मृत्यू मध्य सबैभन्दा बिवादीत मृत्यू यिनै बेलायती आरोही डेघिड शार्पको सन् २००६ मा भएको मृत्यूलाई मानिन्छ । आरोहणका क्रममा छेवागंको हरियो जुत्ता भएको लाश नजिकै बिसाएका डेभिड त्यही मर्न पुगे । अन्य ३० जना आरोहीहरु त्यही बाटोभएर डेभिडलाई देखेर अनि केहीले त कुरा सम्म गरेर उकालो लागेका थिए । केहीबेरमा डेभिडको मृत्यू भयो । आखिर किन कुनैपनि आरोहीले डेभिडलाई सहयोग गर्न चाहेनन रु या डेभिड सहयोग गर्नुपर्ने अवस्थामै थिएनन् , बिवादित छ ।

सगरमाथा पक्कै एउटा सपना हो, जोखिम सहन गर्ने व्यक्तिहरुमा नै जीवन बाँच्ने कला रहेको हुन्छ । सगरमाथामा रहेका शरीरहरु हटाउन पर्ने अभियानको थालनी पनि भएको छ तथापि यो कार्य एकदमै जोखिमयूक्त र महँगो भएकाले गर्न सकिएको छैन् । सगरमाथाको पातलो हावामा आराम गरिरहेका सम्पूर्ण आरोहीहरुलाई श्रद्धासुमन । यसवर्षको आरोहण समय सकिएको छ, यसपाला वयोवृद्ध नेपाली आरोही मिनबहादुर शेरचनलाई नेपालले गुमाएको छ । आरोहीलाई आँउदा वर्षहरुमा मौसमले साथ दिओस् । हाम्रो पात्रोबाट