सम्पादकीय……….गुरुप्रति सदैव सम्मान दर्शाऊ

२५,आईतवार ०२:५२   Sangita Rai

सामान्यतया नेपालीहरुको एउटा पुरानै बानी छ । कुनै एकदिनलाई भवितव्य गर्ने र अरु दिनलाई वास्ता सम्म नगर्ने । यही बानीले हुन सक्छ हामीसंगैका अरु व्यक्ति र देश विकासमा कति माथि पुगिसकेका छन । तर हामी, जहाँको त्यही छौँ ।

जीवनलाई एउटा विन्दुदेखि सफलताको माथिल्लो शिखरसम्म पुर्याउन स्वंयम व्यक्तिको भूमिका हुन्छ । तर त्यो भूमिकाको सबैभन्दा माथिल्लो प्रेरणा गुरुबाट प्राप्त हुन्छ ।

हुन सक्छ कक्षाकोठामा किताबका पाना पढाउने सबै शिक्षकहरु गूरु नहुन सक्छन । जीन्दगीका हरहिसाबमा अंकगणितको सुत्र निकाली दिन सक्ने पनि गुरु नहुन सक्छन । तर जीन्दगी नै एउटा सही पथमा हिड्नुपर्छ अनि मात्रै गन्तव्यमा पुग्न सकिन्छ भनेर जसले सही कुरा सिकाउँछ । कर्तव्य पथमा हिडाउँछ । त्यही नै हो गुरु ।

त्यसैले गूरुप्रति कुनै एकदिन अर्थात गुरुपूर्णिमाका दिन कुनै फुलले पुजेर मात्रै सम्मान हुन सक्दैन । यो त एक किसीमले गूरुहरुको अपमान हो । तपाईको जीन्दगी यदि सफल छ भने त्यहाँ कुनै न कुनै रुपबाट गुरुको अह्म भूमिका हुन्छ । त्यसलाई सदैव सम्मान गर्न सक्नुपर्छ । गुरुप्रति सधै गरिने सम्मान नै गुरुको अविरल प्रेरणाको निरन्तरता हो । गुरुपूर्णिमाको शुभकामना ।