समानुपातिकतर्फको मतगणना सकियो ! एमाले पहिलो, विवेकशिल छैटौ

काठमाडौँ, १ पुस । गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरीे समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो । सुनसरीको क्षेत्र नं १ तथा…

पद त्याग्ने मुडमा प्रधानमन्त्री, तर संविधानविदले दिए अडान राख्ने सुझाव

काठमाडौँ, १ पुस । वाम गठबन्धनका नेताहरुको चर्को दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा पद त्याग्ने मनस्थितीमा पुगेका छन् । सरकारले पेश गरेको राष्ट्रियसभा गठनसम्बन्धी विधेयकका सम्बन्धमा संविधानविद्हरुसँग आज परामर्श गरेपछि उनले पद त्याग्ने मनस्थिती बनाएका हुन् । तर उनलाई संविधानविदले भने आफ्नो अडान कायमै राख्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न…

मुक्तकमैयाको सामूहिक व्यवसाय, माछापालनबाट मनग्य आम्दानी

भीमदत्तनगर, २९ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका-५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दै आएका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती…

सरकार गठन र पार्टी एकता सँगै अघि बढ्ने : नेता पोखरेल

काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियत अनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री…

समानुपातिकतर्फ एमाले पहिलो, १५ हजार बढी मत बदर

चितवन, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ । शुक्रबार सम्पन्न समानुपातिक मतगणनाको परिणाम अनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५ सय ३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४ सय ४० मत प्राप्त गरेको छ । यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८१…

समानुपातिक तर्फ ७३ हजार मतान्तरले एमालेको अग्रता

काठमाडौँं, २९ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको अन्तरले नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ३:३० प्राप्त जानकारी अनुसार, नेकपा एमालेले ३० लाख ७३ हजार, नेपाली काँग्रेसले २९ लाख ९९ हजार, नेकपा (माओवादी केन्द्र)ले १२…

प्रहरिको पेन्सन पाउने व्यवस्था खारेज, १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चलेको आदेश !

काठमाण्डौं,२८ मंसिर । नेपाल प्रहरिको १६ बर्षमा पेन्सन पाउने व्यवस्था खारेजगरेको छ । पेन्सन पाउने व्यवस्था खारेज गरेपछि सर्वोच्चले सरकार सगँ लिखित जवाफ मागेको छ ।  १६ बर्षमा पेन्सनपाउने व्यवस्था पुन : लागु हुनु पर्ने मागगर्दै दायर भएको रिटमा सर्वाेच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारि गरेको छ । न्यायधिसद्धय तेज बहादुर केसि को एकल इजलासले प्रहरिका तर्फबाट दीपेन्द्र…

बलिउडका हास्य अभिनेता तथा फिल्म निर्माता निरज वोराको निधन

एजेन्सी, २८ मंसिर । बलिउडका हास्य अभिनेता तथा फिल्म निर्माता निरज वोराको निधन भएको छ । लामो समय बिरामी रहेका उनको बिहीबार बिहान ४ बजे मुम्बईको क्रिटी केयर अस्पतालमा निधन भएको हो । गत वर्ष अक्टुबरमा उनलाई एकैसाथ हृदयाघात र मष्तिकघात भएको थियो । यसपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएका उनी कोमामा गएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।…

लगातार दुर्घटना बढेपछि सडकमै होम, स्वस्ति शान्ति ल्याउने जनविश्वास

इटहरी, २८ मंसिर । कोशी राजमार्ग अन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै बिहिबार वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन् । स्वस्ति शान्ति सहितको होमले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास छ । सडक दुर्घटना नहोस् भन्ने कामनासहित सडकमै होम लगाइएको नवजागृति टोल विकास संस्थाका…

प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

विराटनगर, २८ मंसिर । पूर्वाञ्चल विश्वविद्यालय मोरङ गोठगाउँमा रहेको कार्यालयमा बिहिबार विद्यार्थीले तोडफोड गरेका छन् । प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यालयको झ्यालका शिशा फुट्नुका साथै क्याम्पस प्रमुखको कुर्सी समेत जलेको छ । उनीहरुले परीक्षा रद्ध गरी पुनः गर्नुपर्ने मागसमेत गरेका…

एक लाख घुससहित भक्तपुर मालपोतका नायव सुब्बा रंगेहात पक्राउ

काठमाडौँ, २८ मंसिर । मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा देवराज काफ्ले एक लाख घुस लिँदै गर्दा पक्राउ परेका छन् । मालपोतको रजिष्ट्रेसन फाँटमा कार्यरत काफ्लेलाई कार्यालयको भुइँतलामा घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका नंखेलस्थित जग्गाको डोर पास गर्ने क्रममा आवश्यक १५ हजार दस्तुर बुझाइसकेपछि पनि थप एक लाख घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ…

साइकलमा राखिएको प्रेसरकुकर बम विस्फोट हुँदा एक घाइते

लहान, २८ मंसिर । लहानस्थित शहीद चोकमा बिहिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका-२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए । हात र पिठ्यूँमा गम्भीर…

चुनावसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको छ : उपराष्ट्रपति पुन

नेपालगञ्ज, २८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने विश्वास व्यक्त गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको बिहिबार यहाँ उद्घाटन गर्दै उनले भने–निर्वाचनपछि संविधान कार्यान्वयनका सुखद परिणाम आउने र मुलुक समृद्धितर्फ जानेछ । “नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ,…

मतगणना कार्य सम्पन्न, समानुपातिक तर्फ कांग्रेस पहिलो

नवलपरासी, २८ मंसिर । नवलपरासीमा समानुपातिक तर्फको मतगणना सकिएको छ । कुल १ लाख ६४ हजार ९५ मत खसेकोमा नेपाली कांग्रेसले सबै भन्दा धेरै मत प्राप्त गरी पहिलो दल बनेको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७१ हजार २ सय २५ मत ल्याउदै पहिलो दल बनेको छ । यस्तै नेकपा एमालेले ६४ हजार १ सय १८ मत प्राप्त गरेको छ…

 क्याबिनमा लुकाइएको ३८ किलो गाँजासहित चालक महतो पक्राउ

धादिङ, २८ मंसिर । लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा बिहिबार जाँचका क्रममा गाँजाको धुलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए…